आइजोल(मिजोरम): मिजोरममा म्यान्मारबाट ल्याइएको मादक पदार्थ सहित अबैध सामानहरु ठूलो परिमाणमा बरामद गरिएको छ। मिजोरमको जोखाबथारमा असम राइफल्स र ल्याण्ड कस्टम स्टेशनले संयुक्त रूपमा चलाएको अभियान अन्तर्गत १२.१५ लाख मूल्य बराबरको अबैध विदेशी मदक पदार्थ गरिएको हो।
असम राइफल्सले सोमवार सो बारे जानकारी दिदै बिशेष सूचनाको आधारमा कारबाही चलाउदा ठूलो परिमाणमा अबैध विदेशी सामान बरामद गरिएको हो। सो क्रममा १३६ वटा विदेशी ई-सिगरेट, पाँच केस र ४५ कार्टून विदेशी सिगरेट, १९ केस विदेशी बियर तथा ३८ बोतल विदेशी मदिरा रहेको छ। बरामद गरिएका सबै सामग्रीहरू चम्फाई जिल्लाको जोखावधार ल्याण्ड कस्टम स्टेशनलाई जाँच एवं कानूनी कारबाहीको निम्ति बुझाएको छ।
मिजोरम तथा मणिपुरमा म्यान्मारबाट भित्राइएका मादक पदार्थ एवं विस्फोटक सामानहरू निरन्तर फेला परिरहेका छन। यसैले गर्दा अहिले भारत-म्यान्मार सीमा बन्द गरेकोमा जन स्तरबाट व्यापक विरोध भइरहेको छ।










