सिलगढी: भारत-बंगलादेश सीमामा जाडो मौसममा कम्बलको आडमा गाईको तस्करी भइरहेको आरोप छ। बीएसएफका जवानहरूले गाईवस्तु तस्करहरूले काँडे तार काटेको देखेपछि तुरुन्तै कारबाही गरेर एक जनलाई पक्राउ गरे। त्यसपछि बीएसएफले उनलाई थप कारबाहीका लागि पुलिसलाई बुझायो। पक्राउ पर्ने चथट क्षेत्र मुरी खरवारका ४५ वर्षीय ताहिर उद्दिन हुन्। उनलाई आज सिलगढी अदालतमा पेश गरियो। घटनाको अनुसन्धान थालेको फाँसीदेवा पुलिस चौकीले जनाएको छ।










