गोरुबथान: सामसिङ जन कल्याण संघ र सुन्दर बस्ती युवा कुलबको संयुक्त आयोजनामा सुन्दर बस्ती फुटबल खेल मैदानमा प्रह्लाद गिरीको सभापतित्वसा १४औं विश्व विकलांग दिन पालन गरियो। यस कार्यक्रममा मुख्य अतिधिको रुपमा ४४ नम्बर समष्टिका सभासद अमर क्षेत्री थिए।

विशेष अतिथिहरुमा गोरुबथान पन्चायत समितिका सभापति सूर्यमणि राई, डी. बी. सार्की, सामसिङ ग्राम पंचयात प्रधान पवन लामा, उप-प्रधान निमडिकी शेर्पा, पन्चयात सदस्य, चिलाउनेबाट विनोद सुब्बा, मेटेली ग्राम पंचयात उप-प्रधान विपुल क्षेत्री, फारीबाट हनेरी क्याप्टन निरज भुजेल धिरज भुजेल. बि. आर. गुरुङ, सुन्दर बस्ति बाट पैम्बा शेर्पा, हेमा बिउटी पार्लरका हेमा प्रधन र रोमण प्रधान, अपांग कल्याण संगठनका ब्लक प्रेसीडेण्ट जित बहादुर राईको पनि बिशेष उपस्थिति रहेको थियो आदिको विशेष उपस्थिति रहेका थियो।

सुन्दर बस्ति खासमहल, तीनकटेरी. भालु खोप, खोलागाउँ, आदिका जम्मा ४७ जना विकलांगहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको, शुभारम्भ मुख्य अतिथि सभासद अमर छेत्री र अन्य अतिधिराणहरुको बाहुलीबाट द्वीप प्रज्वलन गरियो। त्यस पछि उपस्थित दिव्यांगहरुलाई खदामाला अर्पण गरियो।दिव्यांग अनि स्थानीय मानिसहरुको निस्ति भिजन स्प्रिङ फाउन्डेसनको सहयोगमा निशुल्क नेत्र जाँच शिविरकोआयोजना गरिएको थियो।यस जाडोको मौसममा ४७ जना दिव्यांगहरुलाई कम्बल वितरण गरियो।

कार्यक्रमलाई थप मनोरन्जनात्मक कार्यक्रममा स्थानीय नानीहरुले नृत्य प्रस्तुत गरे। दिब्या विश्व र सटमसिङका कलाकार एरिना उरावद्वारा मिठा मिठा गीत प्रस्तुत गरेकी थिइन।यस कार्यक्रमको सम्पुर्ण सन्चालन शिक्षक अमृत भुजेलले गरेका थिए।








