माेरीगाउँ(असम ): मध्य असमको तिवा जनजातिको तीन दिवसीय पारम्परिक जोनबिल मेला आगामी १६,१७ र १८ जनवरीमा आयोजना हुने भएको छ। सो मेलाको प्रमुख आकर्षण भनेकै किनमेल र बिभिन्न बस्तुहरुको बिक्री हुने गर्दछ ।जस अन्तर्गत वस्तुहरुको साटासाट आदान-प्रदान गरिन्छ। किनबेचको यो ऐतिहासिक प्रथा यस मेलामा देख्न पाइन्छ।
यस मेलाको आयोजनलाई लिएर जागी रोडमा तिवा राज दरबार, जोनबिल मेला विकास समिति र गोभा देवराजा राज परिषदले एक संयुक्त संवाददाता सम्मेलन मार्फत जानकारी दिएको हो। संवाददाता सम्मेलनमा मेला समितिका अधिकारीहरू लगायत मध्य असमका केही पारम्परिक तिवा राजाहरूले भाग लिएका थिए।
उल्लेखनीय छ, तिवा संस्कृतिको केन्द्र एवं पहाड़-समतलका विभिन्न जातीय समूहहरूको मिलन स्थल हुने यस मेलामा कार्बी आंगलोंग जिल्लाका चार दर्जनभन्दा अधिक गाउँहरूका मामा-मामी सहित मेघालय प्रदेशका चार सयभन्दा अधिक हिमाली गाउँका मानिसहरूले भाग लिनेछन्।
तिवा रोयल कोर्टको फैसला अनुसार मेलाको दोस्रो दिन आयोजना हुने गोभा देवराजा रोयल कोर्टमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित २२ तिवा राजा उपस्थित रहनेछन्। असम सरकारका दुई मन्त्री क्रमसंसै रोनोज पेगु र पीयूष हजारिका सम्मानित अतिथिको रूपमा उपस्थित रहनेछन्। यस राज दरबारमा एक पटक राजभात (कर) तिवा राजाहरूलाई दिइनेछ।