इम्फाल(मणिपुर): मणिपुर पुलिसले आइतवार इम्फाल पश्चिम जिल्लाबाट आरपीएफ(पीएलए) संगठनका एक भूमिगत कार्यकर्तालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका कार्यकर्ता बुंग थौदम उपनाम खंबा (२८)- रहेका छन।
पुलिसले सोमवार सो घटनाबारे जानकारी दिदै भने गिरफ्तारी हुने उग्रवादीलाई इम्फाल क्षेत्रस्थित स्पा केन्द्रमा रकम असुलीको गतिविधिमा संलग्न रहेकै अबस्थाबाट नियन्त्रणमा लिएको बताए। उसको साथबाट एउटा मोबाइल ह्याण्डसेट, १९२० नगद सहित पर्स, आधार कार्ड, पञ्जीकरण संख्या बिनाको एउटा कार तथा केही आपत्तिजनक सामग्रीहरूपनि बरामद गरिएको छ।
ज्ञात रहोस्, मणिपुरमा लगातार विभिन्न संगठनहरूका उग्रवादीहरूलाई नियन्त्रणमा लिइने क्रम जारी छ। यी गिरफ्तारी गरिएकालाई मणिपुर पुलिसले ठूलो उपलब्धि मानिरहेको छ। यसबाट राज्यमा अपराध नियन्त्रण गर्नना सहयोग प्राप्त भइरहेको छ।