रुख काट्ने क्रममा हाँगाले लागेर मृत्यु

IMG-20241209-WA0133

इलाम: देउमाई नगरपालिका ९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक जना युवाको रुखको हाँगाले लागेर मृ*त्यु भएको छ।
प्रहरीका अनुसार ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएको हो। रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर उनी घाइते भएका थिए। तत्काल घाइते भएका जबेगुलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।
जबेगुको शवलाई बिएण्डसी अस्पतालमा नै राखिएको र थप अनुसन्धानको काम भइरहेका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement