बुमराहलाई साथ दिन अन्य बलरहरूलाई पनि विकेट लिने कप्तान रोहितको आह्वान

IMG-20241209-WA0125

एडिलेड: बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजको डे-नाइट दोस्रो टेस्ट म्याचमा अष्ट्रेलियाविरुद्ध १० विकेटले हारको सम्मुखीन भएपछि भारतीय कप्तान रोहित शर्माले जसप्रीत बुमराह कुनै मशीन नभएको अनि हरेक म्याचमा एक्लैले टीमलाई जिताउने भार वहन गर्न नसक्ने बताए। रोहितले बुमराहलाई साथ दिन टीमका अन्य बलरहरूलाई आफ्नो स्तरलाई बढ़ाउने आह्वान गरे। उल्लेखनीय छ, भारतलाई पर्थमा खेलिएको पहिलो टेस्टमा एक्लैको दममा जीत दिलाउने बुमराहले दोस्रो टेस्टमा अष्ट्रेलियाको पहिलो ईनिंग्समा केवल ४ विकेट लिन सके। म्याचपछि रोहितले भने, जसप्रीत एक्लैले जिम्मेवारी लिन सक्दैनन्। उनलाई दुवै प्रान्तबाट बलिंग गराउने आशा गर्न सकिँदैन। अन्य बलरहरूले पनि अघि आएर जिम्मेवारी साझा गर्नु पर्नेछ कारण कुनै म्याचमा बुमराहले विकेट नपाउन पनि सक्छन् कारण उनी मशीन होइनन्। हामी विकेट हासिल गर्न केवल बुमराहमाथि दबाउ दिन सक्दैनौ।
दोस्रो टेस्ट म्याचमा युवा पेस बलर हर्षित राणाले १६ ओभरमा ८६ रन खर्च गरे अनि एक विकेट पनि हासिल गर्न सकेनन्। कप्तान रोहितले चाहिँ केवल दुईवटा टेस्ट म्याच खेल्ने यस पेस बलरलाई समर्थन गरे। रोहितले भने, हर्षित राणाको क्षमतालाई केवल २ वटा टेस्ट म्याचको आधारमा आकलन गर्न सकिँदैन। उनले केही गल्ती गरेको जस्तो मलाई लाग्दैन अनि बिना कारण उनलाई टीमबाट बाहिर राख्न उचित हुनेछैन। उनीहरूसँग (अष्ट्रेलिया) एकजना असल खेलाड़ी (ट्रेविस हेड) छन् जो हर्षितमाथि दबाउ सृष्टि गर्न सफल रहे। हर्षित लड़ाकू खेलाड़ी हुन्। दोस्रो टेस्ट म्याचको अवधि ट्रेविस हेड र भारतीय पेस बलर मोहम्मद सिराजबीच मैदानमा भएको बहस चर्चाको केन्द्र रह्यो। यस मुद्दामा रोहितले सिराजको पक्ष लिँदै भने, खेलको अवधि आक्रमक हुनु र अति आक्रमक हुनुबीच एकदमै कम्ती अन्तर हुन्छ। कप्तानको रूपमा कसैले पनि यो सीमा पार नगरोस् भन्ने हेर्नु मेरो काम हो। मैदानमा केही शब्दहरूको आदान-प्रदान भयो। टीमलाई उनीबाट के आवश्यकता छ भन्ने सिराजलाई थाहा छ अनि उनले त्यही चीजहरू गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement