नयॉं दिल्ली: रक्षा मन्त्री राजनाथ सिंह ८-१० दिसम्बरसम्म तीन दिवसीय रूसको यात्रामा आज मस्को प्रस्थान हुनेछन्। यस अवधि १० दिसम्बरमा मस्कोमा राजनाथ सिंह र रूसका रक्षा मन्त्री आन्द्रेई बेलोसोव भारत-रूस अन्तर-सरकारी सैन्य एवं सैन्य तकनीकी सहयोग (आईआरआईजीसी-एमएण्डएमटीसी) २१औं बैठकको सह-अध्यक्षता गर्नेछन्।
बैठकमा भारत-रूसबीच रक्षा क्षेत्रमा सहयोग र औद्योगिक साझेदारीसहित विभिन्न पक्षहरूको समीक्षा गरिने छ।
रक्षा मन्त्री सिंहले ९ दिसम्बरमा कलिनिनग्रादस्थित यन्त्रा शिपयार्डमा भारतीय नौसेनाको नयॉं बहु-भूमिका युक्त स्टील्थ गाइडेड मिसाइल फ्रिगेट आईएनएस तुशील कमीशन गर्नेछन्। यस ऐतिहासिक अवसरमा नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठी पनि उनको साथमा रहनेछन्। आईएनएस तुशील तलवार क्लाशको स्टील्थ गाइडेड मिसाइल फ्रिगेट हो जसलाई प्रोजेक्ट ११,३५६ को नामले चिनिन्छ। यसको निर्माण र डिजाइन रूसले गरेको हो।
रूसको आफ्नो यात्रामा रक्षा मन्त्री सिंहले मस्कोमा द्वितीय विश्वयुद्धमा शहीद भएका सैनिकहरूलाई श्रद्धाञ्जली दिनेछन्। यसका लागि ‘द टम्ब अफ् द अननोन सोल्जर’ जानेछन्। सिंहले रूसमा भारतीय समुदायका मानिसहरूसॅंग पनि भेट गर्नेछन्।