चार धामको दर्शन अब शीतकालमा पनि गर्न सक्ने

116112386

देहरादून(उत्तराखण्ड): उत्तराखण्डको चार धामको दर्शन अब श्रद्धालुहरूले शीतकालमा पनि गर्न सक्नेछन्। यसका लागि सरकारले तमाम व्यवस्था गरेको छ। आइतवार मुख्यमन्त्री पुष्कर सिंह धामीले पंचकेदारको गद्दीस्थल ओंकारेश्वर मन्दिर उखीमठबाट चार धामको शीतकालीन यात्राको शुभारम्भ गरे।
यात्राको पहिलो दिन नै उखीमठमा श्रद्धालुहरूको निकै भीड देखियो, जसपछि यात्रालाई लिएर क्षेत्रमा उत्साहको माहोल छ।
यस अवसरमा मुख्यमन्त्री धामीले भने, ग्रीष्मकालीनका साथै शीतकालीन यात्राले श्रद्धालुहरूलाई चार धामको दर्शनको सौभाग्य प्राप्त हुनका साथै स्थानीय व्यवसायीहरूलाई पनि रोजगारको नयॉं अवसर प्राप्त हुनेछ। उनले श्रद्धालुहरूलाई शीतकालीन यात्रा अवधि चार धाममा दर्शनको निम्ति अवश्य आउन र भगवानको आशीर्वाद प्राप्त गर्न अपील गरेका छन्।
यात्राको शुभारम्भको अवसरमा रुद्रप्रयाग विधायक भरत सिंह चौधरी, केदारनाथ विधायक शैला रानी रावत, बीकेटीसी अध्यक्ष अजेन्द्र अजय, जिल्लाध्यक्ष भाजपा महावीर सिंह पंवार आदि उपस्थित थिए।
शीतकालीन चारधाम यात्रा पहललाई तीर्थ पुरोहितहरूले स्वागत गरेका छन्। उनीहरूले अब वर्षभरि श्रद्धालुहरूलाई चारधाममा दर्शनको अवसर प्राप्त हुने बताउॅंदै यसलाई धार्मिक पर्यटनको निम्ति महत्वपूर्ण कदम बताएका छन्। स्थानीय मानिसहरू पनि यस यात्रालाई लिएर खुशी देखिएका छन्। शीतकालीन यात्राको आयोजन सरकारको योजना र प्रशासनको तत्परताको एउटा उदाहरण हो, जसले श्रद्धालुहरूलाई राम्रो सुविधा र सुरक्षा प्रदान गर्नका लागि निरन्तर काम गरिरहेको छ।

About Author

Advertisement