डा. हेनरीमित लेप्चालाई दिइयो अन्तिम विदाइ

IMG-20241208-WA0263

गान्तोक: सिक्किमको स्वास्थ्य क्षेत्रमा एक नक्षेत्र नै मानिएकी स्व. डा. हेनरीमित लेप्चालाई इसाई धर्मानुसार पूर्ण सम्मानकासाथ अन्तिम विदाई दिइयो। आज डा. हेनरीमित लेप्चाको आत्म शान्तिको निम्ति गान्तोकस्थित सन्त थोमस चर्चमा फादर जेराड लेप्चाको अगुवाईमा पवित्र मिस्साबलिदान अर्पण कार्यक्रम आयोजना गरिएको थियो। उक्त मिस्साबलिदानमा सन्त थोमस चर्चका वरिष्ठ ख्रीस्टभक्त ज्वाखिम लेप्चाले डा. हेनरीमित लेप्चाको संक्षिप्त जीवनी पठन गर्दै स्व. डा. लेप्चालाई एक कर्मठ खीस्टभक्त मात्र नभएर एक प्रखर समाजसेवी नारी बताए।
मिस्साबलिदान पश्चात् डा. हेनरीमित लेप्चाको पार्थिव शरीरलाई बागथाङस्थित कब्रस्थानमा पल्ली पुरोहित फादर जेराडको नेतृत्वमा अन्तिम संस्कार गरियो। उक्त अन्तिम यात्रामा हजारौं प्रियजनहरूले सहभागिता जनाएका थिए। स्मरण रहोस् उनको निधन खरसाङमा गत ७ दिसम्बरको दिन भएको थियो भने उनको पार्थिव शरीर खरसाङबाट सन्त चर्चमा ल्याइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement