गान्तोक: मुख्य प्रशिक्षक पुष्पा गुरुङको नेतृत्वमा रहेको सिक्किमको सिनियर महिला फुटबल टोली र अन्य पदाधिकारीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। राज माता जुआबाई ट्रफी २०२४-२५ को लागि प्रतिष्ठित २९औं सिनियर महिला राष्ट्रिय फुटबल च्याम्पियनसिपमा सिक्किमको प्रतिनिधित्व गर्दै टोलीले ११ दिसम्बरदेखि छत्तीसगढको नारायणपुरमा आयोजना हुने फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछ। यस अवसरमा मुख्यन्त्रीले उनीहरुसित अन्तरक्रिया गर्दै सफलताको निम्ति शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले उनीहरूलाई साँचो खेल भावना र समर्पणको उदाहरण जारी राख्न प्रोत्साहित गरे।