मन्त्री दाहालले गरे एलडी काजी पुलको निर्माण कार्यको निरीक्षण

IMG-20241208-WA0260

गान्तोक: सिक्किम सरकारको सडक तथा पुल विभागका मन्त्री नरबहादुर दाहालले सिरवानीस्थित एलडी काजी पुलको नयाँ निर्माण कार्यलाई लिएर स्थलगत भ्रमण गरेका छन्। यो पुलको निर्माण कार्य पुरा भएपछि स्थानीयहरूमा यातायात सुधार र स्थानीय बासिन्दाका लागि यातायात सुविधा सहज बनाउन सकिने मानिएको छ। मन्त्री दाहालले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै निर्माणको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले परियोजना समयमै पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुका साथै स्थानीय जनता र यातायातलाई यसले दिने फाइदाबारे चर्चा गरेका छन्। एलडी काजी पुलको निर्माणले क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement