गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा सिक्किम बोइ्ज फूटबल क्लबद्वारा आयोजित चौथो महेन्द्र कार्की मेमोरियल इन्भीटेशनल भेट्रेन फूटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न भयो। आज फाइनल खेल रियल फ्रेण्ड्स रम्फू बनाम युएसएससीएमाझ सम्पन्न भएको थियो जसमा युएसएससीए विजयी बन्यो। निर्धारित समयसम्म खेलमा परिणाम आएपछि खेल टाइब्रेकरमा परिणत भएको थियो युएसएससीएले एकको विरूद्ध तीन गरेर ट्रफी टोलीको नाममा दर्ता गर्न सफल बन्यो। आजको प्रतियोगितामा मुख्य अतिथिकोरूपमा खेलकूद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत रहेका थिए भने साथमा विधायक दिले नामग्याल बरफुङपा, विधायक इरुङ तेञ्जिङ लेप्चा, विधायक पमिन लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।