कृषि विज्ञान केन्द्रमा कृषि चौपाल कार्यक्रमको प्रत्यक्ष प्रसारण

IMG-20241208-WA0257

गान्तोक: कृषि विज्ञान केन्द्र र भारतीय कृषि अनुसन्धान परिषदको संयुक्त आयोजनमा पूर्व सिक्किमको रानीपुलमा दुरदर्शऩ किसान च्यानलबाट प्रत्यक्ष प्रसारण गरि कृषकहरुलाई कृषि उत्पादनबारे जानकारी दिइयो। भारत सरकारले ग्रामीण कृषकहरुलाई लाभ पुर्‍याउने उद्देश्य राखेर देशका सबै राज्यहरुमा कृषि चौपाल कार्यक्रमको प्रत्यक्ष प्रसारण आयोजना गर्दै आएको छ। कृषि चौपाल एक किसान केन्द्रित कार्यक्रम हो जसको उद्देश्य दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्नु रहेको उल्लेख केन्द्रले जारी एक प्रेस बयानमा गरेको छ। जसमा नयाँ कृषि प्रविधिहरूमा जानकारी प्रदान गर्ने, र कृषकहरुको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले राखेर कार्यक्रम शुरु गरेको छ। कृषि चौपालको पहिलो एपिसोडमा हालै जारी गरिएका १०९ वटा बाली प्रजातिहरू मध्ये ५४ वटा विषयमा वैज्ञानिकहरूले जानकारी गराएका थिए। यसअन्तर्गत पूर्व सिक्किमका चारवटा गाउँका ४९ कृषकहरूले सक्रिय रुपमा भाग लिएका थिए। कार्यक्रमको शुरुमा बागवानी विशेषज्ञ बोनिफेस लेप्चाको कृषि योजनाहरुबाट प्रदान गरिने विभिन्न योजनाहरुबारे जानकारी गराए। विभाग र कृषकहरूका बीचमा प्रविधिको जानकारीसंगै समन्वय राख्न यस प्रकारको कार्यक्रमले लाभ पुऱ्याउने बताए। अर्का अधिकारी डा. सपना रानीले कृषकहरूलाई कार्यक्रम प्रत्येक महिना, नवीन प्रविधिहरू प्रस्तुत गर्ने जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement