गान्तोक: साईकल यात्री टोलीको टुर सिक्किमको अन्तिम दिन रोड़ाथाङस्थित नदीको किनारबाट शुरु भयो। साइकल यात्रीहरूले रोड़ाथाङदेखि पाक्योङ, आसमलिङ्जे, भुसुक हुँदै राजधानी गान्तोकको एमजी मार्गमा टुङ्गियो। टोलीले यहाँसम्म ६० किलोमिटरको दुरी छ घण्टाको अवधिमा पार गरेको छ। कार्यक्रमको प्रारम्भमा अम्बा ताजाका ग्राम ञ्चायत एकाईका जिल्ला पञ्चायत सदस्य सुभद्रा दङ्गालले आफ्नो क्षेत्रको विकासमा थुप्रै अवसर प्रदान गरेको र युवाहरूको लागि विभिन्न योजनातर्फि आत्मनिर्भर बनाउने काम गरेको उल्लेख गरिन्। युवाहरुको यस प्रकारको कार्यप्रति पर्यटन र नागरिक उड्डयन विभाग, इन्डियन हिमालयन सेन्टर फर एडभेन्चर एण्ड इको-टुरिजम र साइक्लिङ एसोसिएशन अफ सिक्किमले देखाएको गम्भऊरताप्रति खिसी व्यक्त गरिन्। तीन दिवसीय अभियान टुर सिक्किमको अन्तिम दिन रोड़ाथाङमा स्थानीय युवाहरुको पनि बाक्लो सहभागिता थियो।