सेनाको त्रिशक्ति सेपर्सलाई इनो योद्धा पुरस्कार

IMG-20241208-WA0255

गान्तोक: भारतीय सेनाको पूर्व कमाण्डको त्रिशक्ति सेपर्सद्वारा विकसित एडभान्स फ्लड मोनिटेरिङ सिस्टमले इनो योद्धा पुरस्कार जितेको छ। देशको रक्षा र आपदा प्रबन्धऩमा नयाँ तकनिकी प्रवर्द्धन गर्ने लक्ष्य राखेर राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गरिएको थियो। जसमा त्रिशक्ति सेपर्सको इनोभेसनले सिक्किममा बाढी सुरक्षाको लागि राष्ट्रियस्तरको इनो योद्धा जितेको हो। स्मरण रहोस्, गत वर्ष 4 अक्टोबरको राति सिक्किमको टिस्टा नदीमा आएको विनाशकारी ग्लेशियल लेक आउटबर्स्ट फ्लडबाट धेरै नोक्सानी भएको थियो। यसलाई केन्द्र गरेर इन्जिनियरहरुले उक्त प्रविधि तयार पार्दै आपदा समयमा पानीको स्तर ट्र्याक गर्ने र प्रारम्भिक चरणमा एसएमएस अलर्टहरू प्रदान गर्ने कार्य शुरु गरेको थियो. अत्याधुनिक प्रविधि प्रयोग गरेर टीमले खतराको समयमा चेतावनीहरू प्रदान गर्न उक्त प्रविधिलाई प्रयोग गर्दै माइक्रोकन्ट्रोलर, यूभी सेन्सर र जीएसएम मोड्युललाई एकीकृत गर्ने काम गरेको थियो। सेना र सिक्किमका जनतालाई भविष्य हुने कुनै पनि प्रकोपहरूबाट जोगाउन यो महत्त्वपूर्ण कदम रहेको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement