कामरूप(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार सुवालकुचीमा भारतीय जनता पार्टीको नवनिर्मित मण्डल कार्यालय भवनको एक कार्यक्रम बिच उदघाटना गरेका छन्। मुख्यमन्त्रीले हाजो सुवालकुची विधानसभा क्षेत्र अन्तर्गत सो मण्डल कार्यालयको उद्घाटन गर्दै २०२६को विधानसभा चुनावअघि असमका अधिकांश मण्डलहरूमा भाजपा मण्डल कार्यालयको निर्माण गर्ने घोषणा गरेका छन्
उद्घाटन समारोहमा मुख्यमन्त्रीका साथमा मन्त्री चन्द्रमोहन पटवारी, केन्द्रिय मन्त्री पवित्र मार्घेरिटा, विधायक दिगंत कलिता र भाजपाको जिल्ला र मण्डल पदाधिकारीहरू उपस्थित थिए।









