अण्डर-१९ एशिया कप फाइनलमा बंग्लादेशविरुद्ध भारतको हार

IMG-20241208-WA0251

दुबई: भारतले ब्याटरहरूका व्यर्थताले गर्दा अण्डर-१९ क्रिकेट टुर्नामेण्टको फाइनलमा आइतवार बंग्लादेशविरुद्ध ५९ रनले हारको सामना गर्नु पऱ्यो। भारतलाई आज ब्याटरहरूका निराशाजनक प्रदर्शनले डुबायो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेश ४९.१ ओभरमा १९८ रन बनाएर अलआउट भयो। जवाफमा भारतीय टीम ३५.२ ओभरमा केवल १३९ रन बनाएर अलआउट भयो। लक्ष्यलाई खेदो गर्दै भारतको शुरुवात हताशाजनक रह्यो अनि २४ रनसम्म लयमा रहने दुवै ओपनर आउट भइसकेका थिए। यसमा अयुष म्हात्रेले १ र वैभव सूर्यवंशीले ९ रन बनाए। त्यसपछि बंग्लादेशका बलरहरूले लगातार विकेट हासिल गरी भारतको हार सुनिश्चित गरे। भारतको निम्ति कप्तान मोहमद अमानले २६, केपी कार्थिकेयले २१ र नवौं नम्बरमा ओर्लिएर हार्दिक राजले २४ रन बनाए। बंग्लादेशका बलरहरूमा इकबाल होसेन एमोन र अजिजुल हाकिमले ३-३ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै बंग्लादेशको पनि शुरुवात खराब रह्यो तर रिजान होसेनले ४७ र मोहम्मद शाहिब जेम्सले ४० रन बनाएर टीमलाई सम्मानजनक स्थितिमा पुऱ्याए। यी दुईजना बाहेक विकेटकीपर ब्याटर फरिद हसनले ३९ रनको योगदान दिए। भारतीय बलरहरूमा युधाजीत गुहा, चेतन शर्मा र हार्दिक राजले २-२ विकेट लिए। फाइनलमा ३ विकेटसहित टुर्नामेण्टमा १३ विकेट हासिल गर्ने बंग्लादेशका इकबाल होसेनले म्याच र टुर्नामेण्टको सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement