चराको शिकार गरेको आरोपमा दुई जना पक्राउ

IMG-20241208-WA0211

जलपाईगढी: चराको शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पर्यावरण संगठन स्पोरका सह सम्पादक अर्चप्रभो मजुमदारले घटना आइतबार जलपाईगढीको पंगा क्षेत्रमा भएको बताए। उनले भने, ‘आज हाम्रो सदस्य गुड्डु सरकारले पांगा, जलपाईगढीमा २ जना केटाहरूले चरा मारेको देखे।

उनले तत्काल वन विभागलाई यसबारे जानकारी गराए। गोरुमारा वन्यजन्तु विभागका बीट अफिसर र कोतवाली थाना जलपाईगढीको पुलिस घटनास्थलमा पुगेर उनीहरूलाई पक्राउ गर्यो।‘ पक्राउ परेका दुई जनाको घर जलपाईगढी सदर ब्लकको वेस्ट लाइन, डेंगुझार, पहारपुरमा रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement