नगरपालिकाको चुनावमा हामी अवश्य जित्नेछौं: अनित थापा

IMG-20241208-WA0209

कालेबुङ: कालेबुङ भ्रमणमा रहेका भागोप्रमोका अध्यक्ष अनित थापाले नगरपालिकाको चुनाव अप्रेल महिनामा हुन सक्ने बताएका छन्। उनले भने, पहाडको चुनावमा हार जीत त भईरहेको छ। राष्ट्रिय स्तरको चुनावमा हामी हार्यौ। क्षेत्रीय स्तरको चुनावमा हामीले जितिरहेका छौँ। नगरपालिकाको चुनावमा हामी अवश्य जित्नेछौं।’
उनले पहाडमा भागोप्रमोलाई चुनौती दिने अर्को पार्टी नै छैन भनी दाबी गरेका छन्। अनित थापाले सांगठनिक विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भने, ‘म आउँदा यति ठूलो भीड जम्मा हुन्छ। अरू पार्टीलाई यतिको भीड जम्मा गर्नु गार्हो हुन्छ। पहाडमा बिजिपीएम जस्तो अरु कुनै पार्टी छैन।’

उनले नयाँ पार्टी विषयमा प्रतिक्रिया दिन्दै भने, ‘नयाँ पार्टी भन्नु मिल्दैन भन्दै एउटा नेताले एउटा परीक्षामा फेल भयो। अब उ अर्को परीक्षामा बस्नु खोज्दैछ। सेन्ट अपमा फेल हुनेले माध्यमिक परीक्षामा कसरी बस्नु सक्छ?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement