खरसाङ: दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले आइतवार सुकुना क्षेत्रको भ्रमण गरे। तिनले यस अवधि यहाँका नयाँ पार्टी सदस्यहरूलाई सदस्यता पनि प्रदान गरे भने स्थानीय समस्याहरूको बारेमा पनि जानकारी लिए। विष्टले यहाँको शिव मन्दिरको पनि निरीक्षण गरे। यस अवधि तिनले स्थानीय पार्टी प्रतिनिधिहरूसँग कुराकानी गर्दै संगठनलाई कसरी अझ दह्रिलो पार्ने भन्ने सम्बन्धमा चर्चा गरे। स्थानीय क्षेत्रका मानिसहरूले उनीहरू प्राप्त सहयोगको निम्ति सासंदलाई कृतज्ञता अर्पण गरे भने भावी दिनहरूमा पनि उनीबाट यस्ता धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। सासंद विष्टले पनि क्षेत्रको विकासको आफ्नो पूर्ण सहयोग रहने वचन दिए भनी पार्टीको पक्षबाट सुकुना मण्डल प्रतिनिधि अजय शर्माले जानकारी दिएका छन्।