खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिभित्र पर्ने सम्पूर्ण प्राथमिक पाठशालाहरु र माध्यमिक विद्यालयहरु साथै शिशु शिक्षा केन्द्र र माध्यमिक शिक्षा केन्द्रहरुकर शिक्षक शिक्षिकाहरुलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटीको लागि भागोप्रमो तीनधारे महानदी समष्टिको सभा घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा शेखरचन्द्र प्रधानको अध्यक्षता र समष्टिको प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चिफ् एंव शिक्षा विभागका कार्यकारी सभासद सन्चवीर सुब्बा उपस्थित रहेका थिए। सभामा स्वागत सम्भाषण कर्माध्यक्ष दावा वाङ्दी लामाले राखेका थिए। सभालाई क्षेत्रीय सभासद नवराज छेत्री, सभासद प्रणाम रसाईली, तीनधारे महानदी समष्टिक पर्यवेक्षक बिन्नी शर्मा र डेपुटी चिफ् एंव शिक्षा विभागका कार्यकारी सभासद सन्चवीर सुब्बा आदिले वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायतको उप प्रधान रञ्जित थापा, नारी शक्तिको समष्टि अध्यक्षा निरा प्रधान, युवा शक्तिको समष्टि अध्यक्ष केवल राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने सम्पूर्ण प्राथमिक पाठशालाहरु, माध्यमिक विद्यालयहरु साथै शिशु शिक्षा केन्द्र र माध्यमिक शिक्षा केन्द्रका शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति बिमल शेर्पा, उग सभापति नयन खाती, संग्राममणि वाईबा, कुमार राई, सविव उत्तम छेत्री, सह सचिवमा अनिल तामाङ, कोषाध्यक्षमा राजु थापा, सह कोषाध्यक्षमा अनु दाहाल आदि चयन भएका छन्। त्यसरी नै पाँचजना सल्लाहकारहरु क्रमैले रञ्जना छेत्री, शान्ता तामाङ, राजेस थापा, सुजता गुरुङ, दिनेश प्रधान र कार्यकारी सदस्यहरु चयन गरिएको छ। सभालाई मुख्य अतिथिको रुपमा सम्भाषण राख्दै जीटीएको डेपुटी चिफ् एंव शिक्षा विभागका कार्यकारी सभासद सन्चवीर सुब्बाले भारत सरकारले जनसंख्याको आधारमा काम गर्ने बताउँदै बंगाल सरकारसित मिलेर काम गरेको विषयमा विस्तृत रुपमा बताएका छन्। उनले हाम्रो विकल्प के छ भन्ने कुरामा नै अनित थापाले स्थापित गरेको सरकारसित मिलेर काम गरेको बताएका छन्। उनले हामीले सरकारसित मिलेर काम गरेको बताउँदै तर पनि हामीले बंगालबाट धेरै पाएका छौं तर दिएका छैनौं भनी बताएका छन्। सन्चवीर सुब्बाले सरकारसित मिलेर पनि भटाभट भएको छैन भन्दै हामीले मुखमा राम राम बगलीमा छुरा राखेका छौं अनि हामीले सबै कुराहरु बंगालबाट पाउँछौं तर दिने बेला चाहीँ बंगाललाई दिँदैनौं भनी व्याग्यात्मक रुपमा बताएका छन्। उनले शिक्षा विभाग सबैभन्दा बेसी समस्या भएको विभाग रहेको बताउँदै अब समाधानको लागि संगठन बनाउनपट्टि लागेको बताएका छन्।

सुब्बाले भोलेन्टियर शिक्षकहरु विषयमा पनि वक्तव्य राख्दै हामीले समस्या समाधानका लागि पहाडमा एसएससी लागु गर्नु भनेका हौँ र यो लागु हुन अघि भोलेन्टियर शिक्षकहरुलाई स्थायी गराउने पहल गरेको बताएका छन्। उनले भोलेन्टियर शिक्षकहरुलाई स्थायी गराउन स्कूल स्कूलमा सर्वे गराएको पनि बताएका छन्। उनले कुनै पनि स्कूलमा पद छ भने मात्र भोलेन्टियर गर्न सक्ने बताएका छन्।