सिलगढीमा लाखौं स्वरबाटएक साथ गीता वाचन हुने कार्यक्रमको तयारी

Chhetriya-Samachar-1

सिलगढी: सनातन संस्कृति संसदको आयोजनामा सिलगढीको कावाखली मैदानमा १५ डिसेम्बरका दिन लाखौं स्वरहरूबाट गीता वाचन कार्यक्रमको आयोजना गरिएको छ। यसका लागि आज बिहान कावाखाली मैदान सरसफाई र गीता वाचनमा सहभागी हुनका लागि करिब ३० हजार व्यक्तिले नाम दर्ता गरेका छन्।
सो क्रममा सनातन संस्कृति संसदका कार्यकारी अधिकृत लक्ष्मण बंसललगायतको उपस्थिति रहेको थियो। सनातन संस्कृति संसदका कार्यकारी अधिकारी लक्ष्मण बंसलले डिसेम्बर १५ मा कावाखाली मैदानमा लाखौं स्वरबाटएक साथ गीता वाचन कार्यक्रमको आयोजना गरिने जानकारी दिए।

उक्त कार्यक्रम बिहान ९ बजेबाट सुरु हुनेछ। उनले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement