सिलगढी: पश्चिम बंगाल राज्य सरकारी कर्मचारी महासंघको सार्वजनिक सभा सिलगढीमा आयोजना गरिएको छ। उक्त सभा हुनु पूर्ब संस्थाले र्याली निकालेको थियो। सिलगढीको महात्मा गान्धी मोडबाट सुरु भएको र्याली कञ्चनजङ्घा स्टेडियम परिसरमा पुगेर समापन भएको थियो।
यस क्रममा राज्य सरकारी कर्मचारी महासंघका संयोजक प्रताप नाइक, मेयर गौतम देव, तृणमूल जिल्ला सभाका नेता पापिया घोष, आलोक चक्रवर्ती र अन्य तृणमूल संगठनका संयोजक प्रताप नाइकले कार्यकर्ताहरूलाई प्रोत्साहित गर्न सो र्याली निकालेको बताए। प्रदेश सरकारका विभिन्न आयोजनाका फाइदाहरु सरकारी कर्मचारीले जनतासम्म पुर्याउन समेत आग्रह गरिएको थियो।