सिलगढीमा शिक्षक मृत्युको छानबिन गर्न परिवारब्दारा पुन उजुरी दर्ता

f8b3eb4e-1957-4852-9c73-eef0b9c14d5a-1024x576

सिलगढी: सिलगढी स्थित फराबारी स्पेशल क्याडर प्राइमरी स्कुलमा विद्यालय शिक्षकको झुण्डिएको शव फेला परेको पाँच दिन बितिसक्दा पनि घटनाको अनुसन्धान सुरु भएको छैन। यस्तो आरोप लगाउँदै मृतक शिक्षकका परिवारले आज पत्रकार सम्मेलन गरी गत डिसेम्बर ३ का दिन विद्यालयमा शिक्षक सौरभ कुमार राईको झुण्डिएको शव भेटिएक हो।
शिक्षकको मृत्युमा विद्यालय व्यवस्थापन जिम्मेवार रहेको परिवारको आरोप छ। तर, विद्यालय व्यवस्थापनले भने परिवारको आरोप झुटो भएको दाबी गरेको छ। घटनापछि परिवारका सदस्यले प्रहरी चौकीमा उजुरी दिएका छन्। तर करिब ५ दिन बितिसक्दा पनि अनुसन्धान सुरु नभएको आरोप मृतकका परिवारको छ। त्यसैले परिवारका सदस्यहरूले दिसंबर ७ मा पुनः अम्बारी पोस्टमा लिखित उजुरी दिएर सो घटनाको उचित छानबिन गर्न माग गरेका छन्। पत्रकारहरुसँग कुरा गर्दै मृतकका परिवारले शिक्षकलाई विद्यालयमा विभिन्न किसिमले दुर्व्यवहार गरेको र व्यक्तिगत जीवनमा समेत टिप्पणी गरेको बताए।
धेरै पटक उनले विद्यालयमा समस्या भएको बताए। तर उनले खुलेर त्यसबारे केही भनेनन्। उनले मिड डे मीलमा भएको भ्रष्टाचारको विरुद्ध बोलेका कारण विद्यालयका अन्य शिक्षकले पनि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरियोस्। अन्यथा माथिल्लो तहमा उजुरी गरिनेछ। न्याय नपाएसम्म लड्ने मृतकका परिवार जनलेपत्रकार सम्मेलन मार्फत बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement