फर्किए मुख्यमन्त्री प्रेमसिंह तामाङ

n64250992317336498297181bfd76b87d44671282c087cff3c6c4b45293ab19726968ca97151038517b0763

बाघडुग्रा: नयॉं दिल्लीमा आयोजित अष्टलक्ष्मी महोत्सव र महाराष्ट्रमा शपथ ग्रहण समारोहमा भाग लिएर सिक्किम फर्किने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ अज बिहान बाघडुग्रा हवाई अड्डा आइपुगे।
उनलाई बाघडुग्रा हवाई अड्डामा प्रोटोकल यूनिट, टीआईसी र एसटीडीसीका अधिकारीहरूले स्वागत जनाए।
उल्लेख्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्यमन्त्री देवेन्द्र फडणवीस र उप मुख्यमन्त्रीहरूको शपथ ग्रहण समारोहमा भाग लिन् महाराष्ट्र गएका थिए। यसपछि उनी नयॉं दिल्लीमा आयोजित तीन दिवसीय अष्टलक्ष्मी महोत्सवमा सहभागी भएका थिए। यस महोत्सवको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। उक्त महोत्सवको उद्देश्य पूर्वोत्तर क्षेत्रका बाजारहरूलाई वैश्विक मञ्चसॅंग जोड्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement