गान्तोक :एसकेएम पञ्चायत बिभागको पहिलो समन्वय सभा बिभागकी उपाध्याक्ष प्रभारी एवं विधायक कला राईको अध्यक्षतामा आज गान्तोकमा सम्पन्न भयो। पञ्चायत बिभागकी उपाध्याक्ष प्रभारी कला राईले आगामी २ दिसम्बरको दिन रोलु परिसरमा आयोजना हुन गईंरहेको ऐतिहासिक रोलु दिवसलाई आयोजना गर्न एसकेएम पञ्चायत बिभागको भूमिका एवं दायित्वबारे जानकारी गराइन ।
उनले मुख्यमन्त्री प्रेमसिं तामाङको कुशल मार्गनिर्देशनमा एसकेएम सरकारले पञ्चायतहरूलाई स्वतन्त्र रूपल काम गर्ने वातावरण सिर्जना गरेको बताउँदै पञ्चायतहरूलाई मजबुत बनाएको बताइन्। उनल मुख्यमन्त्रीको दुरगामी सोंच र दूरदर्शी नेतृत्वका कारण वर्तमान अवस्थामा पञ्चायतहरूले धेरै क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने अवसर पाएको बताउॅंदै मुख्यमन्त्रीप्रति हार्दिक आभा व्यक्त गरिन्।
एसकेएम पार्टीको पूर्ण बहुमतको सरकार आएपछि पहिलोपटक रोलु दिवसलाई भव्यताका साथ सम्पन्न गर्न पञ्चायत बिभागको दायित्व र जिम्मेवारीको उल्लेख गर्दै उनले सबैको समन्वयकारी भूमिकामाथि जोड़ दिइन। उनले रोलु दिवसलाई सम्पन्न गर्न पञ्चायत बिभागको पक्ष अहम भूमिका रहने प्रतिवद्वता जाहेर गर्दै दिबसमा सबैलाई सहभागी भइदिन आब्हान गरेकी छन्।
सभामा पञ्चायत बिभागका राज्य स्तरीय अध्यक्ष बाल गोबिन्द रसाईली, उपाध्याक्ष कादो लेप्चा, गान्तोक जिल्ला अध्यक्ष हरिहर शर्मा, नाम्ची जिल्ला अध्यक्ष सीएल गुरूङ, पाकिम जिल्ला अध्यक्ष लाडेनला भोटिया, उत्तर जिल्ला अध्यक्ष सोनाम छिरिङ लेप्चा र सोरेङ जिल्ला अध्यक्ष खगेन्द्र राई उपस्थित थिए।