कृषक बर्गको अधिकार र रक्षाका लागि सबै खाले लड़ाई लड़न क्याप तयार रहने

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले कृषकहरूको अधिकार संरक्षण र उनीहरूको हितको रक्षा गर्न आफ्नो प्रतिबद्धता पुनः स्पष्ट रूपमा राखेको छ। शुक्रबार पार्टी अध्यक्ष गणेश राईको नेतृत्वमा रहेको टोलीले नाम्ची जिल्ला प्रशासनिक कार्यालयमा पुगेर बागवानी विभागका सम्बन्धित अधिकारीहरूसँग भेटवार्ता गरेको छ।
सो भेटका क्रममा पार्टीले कृषकहरूको सहुलियत र विकासका कार्यक्रमहरूमा विधायकहरूको राजनैतिक हस्तक्षेपप्रति गहिरो आपत्ति जनाउँदै यस्ता खाले हस्तक्षेपले कृषकहरूको अधिकार कुण्ठित हुने समेत जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
क्यापले कृषकहरूलाई कुनै पनि भय वा दबाबमा नपरी आफ्नो अधिकारका लागि दृढ रहन आग्रह गर्दै पार्टी सधैं उनीहरूको साथमा रहने प्रति विश्वास दिलाए। क्यापले बिज्ञप्तिमा भनेको छ, राज्यका कुनै पनि नागरिक वा कृषकले अन्याय र अत्याचार सहेर बस्नु पर्दैन। जनताको सुरक्षाका लागि पार्टीले आवश्यक परेमा पार्टी सडकदेखि प्रशासनसम्म संघर्ष गर्न र कानुनी लड़ाई मार्फत दोषीहरूलाई दण्डित गराउन प्रतिबद्ध रहेको बताएको छ।
पार्टीको यस कडा प्रतिवाद र समर्थनले कृषकहरूलाई बलियो आधार प्रदान गर्दै उनीहरूलाई आफ्नो अधिकारका लागि अगाडि बढ्न प्रेरित गरेको क्यापले विज्ञप्तिमा आफ्नो दाबी पेश गरेको छ। बिज्ञप्तिब्दारा क्यापले सबै नागरिकहरूलाई कुनै पनि प्रकारको अन्याय वा अत्याचार भोग्नु परेको खण्डमा तुरुन्त पार्टीलाई सूचना दिन अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement