गान्तोक: पाकिम जिल्लास्तरीय अनुगमन समितिले आज अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाको नेतृत्वमा मध्य भारत पावर कर्पोरेसन लिमिटेडको निरीक्षण गऱ्यो। महिनामा दुई पल्ट गरिने यस सर्वेक्षण्को मुख्य उद्देश्य सार्वजनिक सुरक्षा सम्पत्तिमा जोखिम न्यूनीकरण गर्न सुरक्षा संयन्त्रहरूको समीक्षा गर्नमा केन्द्रित थियो। निरीक्षण टोलीले कमजोरीको पत्तो लगाउन, अवस्थित पूर्वाधारहरूको मूल्याङ्कन गर्ने , राम्रो तयारी र जोखिम रोकथामका उपायहरू सुझाव दिने लक्ष्य राखेको थियो। निरीक्षण टोलीमा रम्फूकी महकूमा अधिकारी सुजाता सुब्बा, एसडीपीओ महेन्द्र सुब्बा लगायत अन्यअधिकारीहरू पनि सामेल रहेका थिए।यस अवसरमा एमबीपीसीएसका अधिकारीहरूसँग परियोजना सञ्चालन र पछिल्लो निरीक्षण पछि लागू गरिएका सुरक्षा उपायबारे बैठकमा छलफल गरिएको जानकारी गराइएको छ। सोही प्रकारले टोलीले सुरक्षा प्रोटोकलहरूमा ध्यान केन्द्रित गर्दै परियोजनाको सञ्चालन सुविधाहरूको निरीक्षण गर्यो र सुधारहरू सिफारिस गऱ्यो। समितिले पछिल्लो निरीक्षणदेखि लिएका कार्यहरूको पनि मूल्याङ्कन गरेको छ र सुरक्षा व्यवस्थापनमा रहेको कमीलाई सम्बोधन गर्न थप सिफारिसहरू दिएको छ। अतिरिक्त जिल्लापालले मौसममा प्लान्ट आउटलेटमा सुरक्षा पर्खाल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए र नजिकैका क्षेत्रमा पर्याप्त सुरक्षा संकेतहरू जडान गर्न जोड दिए। यसका साथै उनले जलविद्युत् आयोजनाको सम्भावित जोखिमबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्थानीय निकायसँगको समन्वयमा सुधार गर्न अधिकारीहरुलाई निर्देशन दिए।