दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा बड़ा काकझोड़ाले एकतर्फी जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा शनिवार भएको म्याचमा बड़ा काकझोड़ाले एसडी सेवेनविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट निश्चल कार्कीडोली, सुशान्त सिंह र कुमार छेत्रीले गोल गरे। विजेता टीमका सुशान्त सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










