नयाँ दिल्ली: चोटले गर्दा लगभग एक साल मैदानबाहिर रहेर हालै प्रतिस्पर्धी क्रिकेटमा फर्किने भारतका दिग्गज पेस बलर मोहम्मद शमी अष्ट्रेलियाविरुद्ध जारी बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजको अन्तिम दुईवटा म्याच खेल्न तयार छन्।उनको प्लेईंग किट अगावै अष्ट्रेलिया पुगिसकेको छ। अहिले शमीको निम्ति एनसीए (राष्ट्रिय क्रिकेट एकाडमी) को मेडिकल टीमबाट फिटनेस मञ्जुरी प्राप्त हुनु केवल औपचारिकता रहेको छ। यस अनुभवी क्रिकेटरको निम्ति १४ दिसम्बरदेखि ब्रिसबेनमा शुरु भइरहेको तेस्रो टेस्ट म्याच खेल्नु सम्भव नदेखिए पनि उनलाई २६ दिसम्बरदेखि शुरु हुने बक्सिंग डे (चौथो) टेस्ट म्याचमा खेलिरहेको देखिने सम्भावना छ। यस क्रिकेटरका नजिकको सूत्रले बताएअनुसार, एनसीए-बाट शमीलाई फिटनेस प्रमाण पत्र चाँडै हासिल हुनेछ जबकि शमीको भारतीय किट अगावै अष्ट्रेलिया पठाइएको छ। उनले सैयद मुश्ताक अली ट्रफी टी२० टुर्नामेण्ट पूरा गरेपछि अष्ट्रेलिया प्रस्थान गर्नेछन्। ३४ वर्षीय शमीलाई अन्तिमपल्ट गत वर्ष नोभेम्बरमा भएको वनडे वर्ल्ड कपको फाइनलमा भारतीय टीमबाट खेलिरहेको देखिएको थियो। त्यसपछि चोट अनि सर्जरीले गर्दा उनी लामो समयदेखि भारतीय टोलीबाट बाहिर रहेका छन्। न्यूजील्याण्डविरुद्ध घरेलु सीरीजमा उनलाई मैदानमा देखिने तय लागिरहेको थियो तर सीरीजको ठीक अघि घुँड़ाको चोट बल्झिंदा उनी मैदान बाहिर बस्न वाध्य भएका थिए। यसपाली सम्पूर्ण रूपले फिट शमी अष्ट्रेलिया जान तयार छन्।