दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो । नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा शनिवार खेलिएको रोमाञ्चक म्याचमा सिलगढ़ी युनाइटेडले एकाडमी नाइट्स (गान्तोक) विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल युवा फरवर्ड एनोस राईले ६५औं मिनटमा गरे। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।