हवाई दुर्घटना अनुसन्धान गर्ने आयोग गठन प्रक्रिया अघि बढ़यो

IMG-20241207-WA0256

काठमाण्डू: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिनुभएको हो।
पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणका लागि कानुनी प्रक्रिया अघि बढेको बताए।
मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे। नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबिच सहकार्य गर्न सके हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ। यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘दिगो भविष्य: आगामी ८० वर्षको लागि सँगै’ भन्ने नारा तय गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement