राज्यपालसँग एसबीआइ टोलीको भेट

IMG-20241207-WA0248

गान्तोक: स्टेट ब्याङ्कका प्रमुख महाप्रबन्धक कोलकाता सर्कलले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गऱ्यो। भेटको क्रममा राज्यपाल माथुरले ग्रामीण सिक्किममा स्टेट व्याङ्क अफ इन्डियाद्वारा सम्भव भएको वित्तीय लेनदेनको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै सिक्किमको ग्रामीण गाउँहरूमा हालैको आफ्नो भ्रमणबाट बहुमूल्य अन्तर्दृष्टि साझा गरे। उनले ग्रामीण अर्थतन्त्रलाई टेवा पुऱ्याउन यस प्रकारको गतिविधिबारे जोड दिए। भारतको एकमात्र जैविक राज्यको रूपमा सिक्किमको अद्वितीय स्थितिलाई प्रकाश पार्दै राज्यपालले किसानहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न थप संगठित दृष्टिकोणको आवश्यकतालाई आग्रह गरे। उनले यस्ता पहलबाट किसानको आर्थिक सशक्तिकरण दिगो विकासको मुख्य आधार रहेको बताए। राज्यपालको आफ्नो मन्तव्यमा सीजीएम सत्येन्द्रले एसबीआई सिक्किमको कृषि क्षेत्रलाई सहयोग गर्न प्रतिबद्ध रहेको दावी गरे। उनले एसबीआई कृषिमा भविष्यको लगानी अन्वेषण गर्न र किसानहरूलाई आर्थिक सहायता प्रदान गर्न समर्पित छ, जसले यस क्षेत्रको वृद्धि र विकासमा मद्दत गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement