जुलुक पुग्यो साइकल यात्री टोली

IMG-20241207-WA0247

गान्तोक: पर्यटन सम्बन्धी सन्देश दिँदै शुरु गरिएको साइकल यात्री टोलीको आज दोस्रो दिन नाथाङबाट यात्रा शुरु भयो। उक्त साइकल यात्री टोलीले ७१ किलोमिटरको ऐतिहासिक सिल्क रुट पूरा गर्नेछ। जसमा नाथाङ, धुपीडाँड़ा, जुलुक, फदम्चेन, लिङ्ताम, रंगेली र रोड़ाथाङ हुँदै यात्रा गरेका थिए। यस यात्राले मुख्यगरि जुलुक लुपको साथमा ३२ वटा गोलाई पार् गरेको थियो। यात्राको प्रारम्भ हुनुअघि नाथाङ ग्राम पञ्चायत एकाईका सदस्यहरूले सहभागीहरूलाई एकल प्रयोग प्लास्टिकको महत्वबारे जानकारी गराए र आफ्नो गाउँको प्रवर्द्धनमा सहयोग पुर्‍याउने आग्रह गरेका थिए। टोलीमा सबैभन्दा जेठो सहभागी ७५ वर्षका कमलजीत सिंह र सबैभन्दा कान्छो सहभागी १९ वर्षीय अनुस शेर्पालाई सम्मान गरेका थिए। जुलुकको होमस्टे र ओनर्स डेभलप्मेन्ट सोसाइटीले यात्राको क्रममा महत्त्वपूर्ण सहयोग गरेका थिए। जसमा यात्रीहरुलाई आवय़्क सहयोग खाना,को प्रबन्ध गरेको थियो। होमस्टे एसोसिएसनका अध्यक्ष गोपाल प्रधानले स्थापना भएदेखि संघले गरेको विकासबारे जानकारी दिँदै हाल ३८ होमस्टेहरू रहेको जानकारी गराए। यात्राको क्रममा टोलीले रोड़ाथाङमा अन्तरक्रिया गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement