हिमन्त सरकारको मन्त्रीमण्डल विस्तार

himanta-biswa-sarma_d4c97137fe7c46b38af3165ddb89dd3d

चार नयॉं मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

गुवाहाटी(असम): असममा भाजपा नेतृत्वको एनडीए राज्य सरकार आज दोस्रोपटक विस्तार भएको छ। राजधानीको पांजाबारीस्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रमा आयोजित एक समारोहमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको मन्त्रीमण्डलमा चार नयॉं मन्त्रीहरूलाई पद एवं गोपनीयताको शपथ गराए।
दुई मन्त्रीले असमिया, एकले हिन्दी र एकले बांग्ला भाषामा शपथ ग्रहण गरे। यसरी अब असम सरकारमा मन्त्रीहरूको संख्या मुख्यमन्त्रीसहित कुल १८ पुगेको छ।
शपथ ग्रहण गर्ने मन्त्रीहरूमा प्रशान्त फुकन, कौशिक राय, कृष्णेन्दु पाल र रूपेश ग्वाला रहेका छन्। सो अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित मन्त्रीमण्डलका सबै सहयोगी र भाजपाका विधायक, सांसद, मुख्य सचिव, डीजीपी तथा अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।
चारै जना मन्त्रीहरूमा डिब्रूगढ निर्वाचन क्षेत्रबाट पटक जितेका विधायक प्रशान्त फुकन, लखीपुरका विधायक कौशिक राय, पथारकांदीका विधायक कृष्णेन्दु पाल र दुमदुमाका विधायक रूपेश ग्वाला समाबेश छन्।
उल्लेखनीय छ, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गत ५ दिसम्बरमा सामाजिक संजालमा नयॉं मन्त्रीहरूको नाम घोषणा गरेका थिए। अर्कोतिर, ५ दिसम्बरमा मन्त्री संजय किसानले मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए। डा. सरमाले मन्त्रीमण्डलमा पहिलोपटक जून २०२२ मा मन्त्रीमण्डल विस्तार गर्दै जयन्त मल्ल बरुवा र नन्दिता गार्लोसालाई मन्त्रीमण्डलमा समाबेश गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement