कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा एकाडमी नाइट्सले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा शनिवार भएको म्याचमा गान्तोकको एकाडमी नाइट्सले राजगञ्ज वेलफेयर अर्गनाइजेशनविरुद्ध ६-३-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट आकाशले ह्याट्रिक गरे। यसबाहेक रोहित गुरुङ, सुराग छेत्री र राजेशले १-१ गोल गरे। यसरी राजगञ्ज वेलफेयर अर्गनाइजेशनबाट रोहितले २ र आकाशले १ गोल गरे। आइतवार खेलिने म्याचमा इलेवेन स्टार असम र संकटा फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।