सिलगढी: पश्चिम बंगाल स्वास्थ्य विभाग द्वारा “हिन्दुस्तान एकन्नवर्ती” को सहयोगमा “आमा बचाउ” शिविर “महिला गर्भावस्था सम्बन्धी जागरूकता” कार्यक्रम आयोजना गरियो। जिल्लाको फाँसीदेवा ब्लकको हाँसखवा क्षेत्रको कुकोपानी मैदानमा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्वास्थ्य तथा परिवार कल्याण विभाग मन्त्री चन्द्रिमा भट्टाचार्य, मेयर गौतम देव, जिल्ला अधिकारी प्रीति गोयल, दार्जिलिङका जिल्ला प्रमुख स्वास्थ्य अधिकारी तुलसी प्रमाणिक र आशा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

यस अवसरमा सिलगढी, खोरीबारी, नक्सलबारी र फणसिडेवाका तीनवटा ब्लक डिभिजनका सबै चिया बगानका आदिवासी समुदायका आमा-दिदीबहिनीहरू उपस्थित थिए। कार्यक्रमको उद्घाटन समारोहमा आदिवासी महिलाहरुले नृत्य गरेका थिए जसमा मन्त्री, जिल्ला अधिकारी र सहअध्यक्ष समेत आदिवासीहरुको उद्घाटन नृत्यमा सहभागी भए। यसका साथै यस कार्यक्रममा क्षयरोग उन्मूलनको उद्देश्य सम्बन्धी जनचेतनामूलक टेबुलको पनि शुभारम्भ गरियो। मन्त्रीले क्षय रोगबाट पीडितलाई खाद्य सामाग्री हस्तान्तरण गरे। अर्कोतर्फ हिन्दुस्तान एकन्नवर्तीले चार चिया बगानका ३ सय महिलालाई खाना पकाउने भाँडाकुँडा दिएका छन्।