इनरुवा: सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ७(पक्की टोल)मा टिपरकाे ठक्करवाट एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुने ५५ वर्षीय झल्लु उराँव रहेकाे छ। टिपर ठक्करवाट उराँवकाे घटनास्थलमै मृत्यु भएको छ। हरिनगर गाउँपालिका वडा नम्बर ४(हरिनगर बजार) स्थित सिटिजेन बैंकको उत्तरपट्टीको सडकमा दुर्घटना भएको हो। दुर्गा मन्दिरतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको टिप्परले झल्लु उराँवलाई ठक्कर दिएको स्थानियले जानाकारी दिए।