बनगाउँ स्टेशन नजिक रेलवे लाइन चर्किदा ट्रेन सेवा अबरुद्ध

Bongaon_Station_platforms (1)

बनगाउँ(असम): उत्तर २४ परगना जिल्ला अन्तर्गत बनगाउँ रेलवे स्टेशन नजिक शनिवार बिहान रेलवे लाइन चर्किएको कारण सो रूटबाट चल्ने ट्रेन परिसेवा अबरूद्ध भएको छ। बनगाउँ स्टेशनदेखि कुनै ट्रेन नपाएको कारणले यात्रीहरूलाई विभिन्न असुविधाको सामना गर्नु परिरहेको छ।
प्राप्त जानकारी अनुसार शनिवार बिहान करिव ९.५० बजे रेलवेकर्मीहरूले स्टेशन नजिक रेलवे लाइन चर्किएको देखे। माझेरहाट लोकल ट्रेन प्रस्थान भएपछि मरम्मतको काम शुरू गरे। यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै अप अनि डाउन दुवै लाइनमा ट्रेनको आवागमन रोकियो। यसले गर्दा बनगाउँ-सियालदह लाइनमा यात्रीहरूलाई असुविधा भयो।तर मरम्मत भएपछि ट्रेन परिसेवा सामान्य रहयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement