गुवाहाटी(असम): असम पुलिसले छ जना संदिग्ध बंगलादेशी नागरिकहरूलाई स्वदेश फर्काइ दिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार यसबारे जानकारी दिदै सामाजिक संजाल मार्फत भने “असम पुलिसले भारत-बंगलादेश सीमाबाट छ जना बंगलादेशीहरूको पहिचान गरी उनीहरूलाई हिरासतमा लिइएकोछl जस अनुसार मोहम्मद दिदारूल इस्लाम, सन्टु खान, इस्माइल हुसैन राहत, शाकिब हुसैन, शाती अख्तर र मिम शेख रहेका छन्। यिनीहरू सबैलाई सीमाकोबाट फर्काइयो।” यस कार्यको लागि मुख्यमन्त्रीले असम पुलिसको सराहना गरेका छन्।









