खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ-लाटञ्जार समष्टि अन्तर्गत रहेका निम्न माध्यमिक, उच्च माध्यामिक साथै उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरूलाई लिएर मामरिङ तोऱ्योक माध्यमिक विद्यालयको प्रेक्षालयमा किरण लामाको अध्यक्षतामा एक सभा आयोजना गरियो। सभामा खरसाङ महकुमा समितिको उप सभापति नारायण थापा, महासचिव प्रणाम रसाइलीको विशेष उपस्थिति रहेको थियो।
सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा समष्टि अन्तर्गत रहेका निम्न माध्यमिक, उच्च माध्यामिक साथै उच्चतर माध्यमिक विद्यालयका शिक्षक- शिक्षिकाहरूलाई लिएर एउटा संगठन पनि गठन गरियो। यो संगठनको मुख्य उद्देश्य यस क्षेत्रका विद्यार्थीहरूको भविष्य निर्माण हेतु विभिन्न क्रियाकलापहरू गर्ने साथै शिक्षाको गुणस्तर वृद्धि गर्न कार्य गर्ने रहेको सभामा बताइयो। सभामा उपस्थित सदस्यहरूलाई लिएर समिति तयार गरियो जसमा सभापति पासाङ्ग शेर्पा, सचिव विनय रसाइली, उप सभापति सत्यम राई, जितेन्द्र खवास, सह सचिव सरोज बराइली, संगीता भूजेल, कोषाध्यक्ष रंजिता थापा, प्रमुख सल्लाहकारहरू सत्यम राई, सीबी राई, किरण लामा,फुर्मित लेप्चा, बिनम राई, एंड्यु सुब्बा रहेका छन्। साथै यस समितिमा प्रत्येक विद्यालयबाट संयोजक तयन गरियो जसमा संगीत भूजेल, सत्यम राई, जितेन्द्र खवास, विनय रसाइली, सरोज बराइली अनि रंजिता थापा रहेका छन्। अब उसो यस समष्टिको शिक्षाको गुणस्तर वृद्धि गर्न हेतु यस समितिको पहलमा कार्य गर्ने उपस्थित सम्पुर्ण सदस्यहरूले सहमति जनाए भनी भागोप्रमो खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामुले जानकारी दिएका छन्।










