प्राध्यापक मेहेरमान सुब्बालाई डा. अम्बेडकर नेसनल फेलोसिप अवार्ड २०२४ प्रदान गरिने

IMG-20241207-WA0233

खरसाङ: प्राध्यापक मेहेरमान सुब्बालाई यसपालीको डा. अम्बेडकर नेसनल फेलोसिप अवार्ड २०२४ प्रदान गरिने भएको छ।‌ दलित साहित्य अकादमीबाट नयाँ दिल्लीद्वारा हरेक वर्ष प्रदान गरिने डा अम्बेडकर नेसनल फेलोसिप अवार्ड यसपाली अन्य व्यक्तिहरूसितै क्लुनी वुमेन्स कलेज कालेबुङका प्राध्यापक मेहेरमान सुब्बालाई पनि प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।‌ उनलाई उक्त अवार्ड दलित साहित्यमाथि गरेको कार्यहरुका‌ लागि उक्त डा भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार २०२४ प्रदान गरिने भएको छ। उक्त पुरस्कारको लागि प्राध्यापक मेहेरमान सुब्बा शनिवार दिल्ली प्रस्थान गरेका छन्। प्राध्यापक मेहेरमान सुब्बाका‌ साहित्यिक कृतिहरूमा रचना विवेचना – सन् ‌२०१८), अध्ययन समीक्षण – सन् २०२३ (लेखन – सम्पादन ), हाम्रा पथ प्रदर्शकहरू – सन् २०२३ (लेखन- सम्पादन, नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास – सन् २०२४ प्रकाशित छन्।‌ यसबाहेक पनि उनको हिमालयन रिसर्च जर्नल, साहित्य सङ्केत, अकादमी जर्नल, (एनबीयु), स्रष्टा, अभिज्ञान, सिक्किम अकादमी जर्नल आदि जर्नल र पत्र पत्रिकाहरूमा लेखहरू पनि प्रकाशित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement