खरसाङ: भारतीय गोर्खा नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्तकालय खरसाङले यसपाली जातीय कवि अगमसिंह गिरीको ९८औं जन्म जयन्ती समारोह आयोजना गर्ने भएको छ। आगामी २७ दिसम्बरमा खरसाङको गोर्खा जातीय विभूति उद्यानमा रहेको अगमसिंह गिरीको ९८औं जन्म जयन्ती समारोह आयोजना गरिने विषयमा गोर्खा जनपुस्तकालय खरसाङको कार्यकारी समितिको सभा सम्पन्न भएको छ। उक्त सभा पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षता र मूल सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ। सभाको निर्णय अनुसार पुस्तकालयको आयोजानामा ९८औं गिरी जयन्ती समारोह सुनौं सुनऔंको साहित्यिक प्रकरणसितै आयोजना गरिने भएको छ। उक्त अवसरमा जातीय कवि अगमसिंह गिरीको कविताहरु पनि पठन गरिने भएको छ। उक्त ९८औं गिरी जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहने भएको जानकारी प्राप्त भएको छ।