खरसाङमा दुईवटा पुस्तकहरुको लोकार्पण

IMG-20241207-WA0226

दुवै पुस्तकहरु अध्ययन गर्न लायकको र मनन – चिन्तन गर्न लायकको छ: डा. अमीर दर्जी

खरसाङ: साहित्य अकादमी नयाँ दिल्लीको आयोजनामा आयोजित परिससंवाद, नेपाली कवि सम्मिलन तथा नारी चेतना कार्यक्रममा प्रस्तुत गरिएको रचनाहरुको सङ्ग्रह ‘भाषा परिसंवाद अनि समसामयिक विमर्श’ नामक पुस्तक र डीएस दर्नालद्वारा लिखित ‘मेरो जन्म थलो र मेरो कर्म थलो शनिवार खरसाङमा‌ लोकार्पण गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रमलाई वरिष्ठ नाट्य कलाकार विनोद प्रकाश शर्माले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्राध्यापक डा अमीर दर्जी उपस्थित रहेका थिए। उक्त दुईवटा पुस्तकहरुको लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि साथै विशिष्ट अतिथि अनि आमन्त्रित सम्पूर्ण अतिथिहरुको बाहुलीबाट सामुहिक रुपमा गरिएको छ। कार्यक्रमलाई साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले सञ्चालन गरेका थिए।‌ उक्त दुवै पुस्तकहरुमाथि समीक्षात्मक टिप्पणी गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव एंव स्रष्टा विनोद रसाइलीले राखेका थिए।‌उनले आफ्नो टिप्पणीमा भने, आशा मुखिया लामाले हाम्रो समाज र साहित्यलाई समय, जाँगर र समर्पण खर्च गरेर यो पुस्तक तयार पारेकी छन् जुन प्रशंसनीय कार्य रहेको छ। यो कार्य खरसाङको लागि ठूलो उपलब्धि हो अनि भारतीय नेपाली साहित्यको लागि महत्वपूर्ण बनेको छ।’ स्रष्टा विनोद रसाइलीले वरिष्ठ व्यक्तित्व डीएस दर्नालद्वारा लिखित ‘मेरो जन्म थलो र मेरो कर्म थलो’ पुस्तकमाथि बोल्दै भने, हामी सबैले बुझ्ने भाषामा लेखिएको यो पुस्तक हामी सबैको लागि महत्वपूर्ण बनेको छ।
उनले डीएस दर्नालद्वारा लिखित पुस्तकमाथि विभिन्न पक्षहरु सान्दर्भिक र खूबै रोचक रहेको र सबैको लागि उपयोगी र महत्वपूर्ण रहेको बताएका छन्‌। विनोद रसाइलीले दुवै पुस्तकहरु समाज र साहित्यको लागि बहुमूल्य रहेको बताउँदै यी दुवै पुस्तकको दोस्रो संस्करण प्रकाशित बनोस् भनी कामना पनि गरेका छन्।
यी दुई पुस्तकहरुमा ‘भाषा परिसंवाद अनि समसामयिक विमर्श’ नामक पुस्तकका प्रधान सम्पादक साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक शंकरदेव ढकाल, सम्पादक आशा मुखिया लामा अनि सह सम्पादकमा सञ्जीव छेत्री रहेका छन् भने यस पुस्तकको प्रकाशक गोर्खा सांस्कृतिक संस्थान खरसाङ रहेको छ। त्यसरी नै अर्को पुस्तक डीएस दर्नालद्वारा लिखित ‘मेरो जन्म थलो र मेरो कर्म थलो’ को प्रकाशक पारस लामा रहेका छन्। उक्त दुवै पुस्तकहरु गत नोभेम्बर महिनामा दार्जिलिङमा‌ सम्पन्न जिल्ला स्तरीय पुस्तक मेलामा लोकार्पण गरिएको भए पनि आज खरसाङ क्षेत्रका स्रष्टाहरुलाई लिएर खरसाङमा‌ गृह लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा अमीर दर्जीले आफ्नो वक्तव्यमा भने, साहित्य अकादमी नेपाली भाषा परामर्श समितिले गरेको कार्य स्तुत्य छ भन्दै साहित्य अकादमीद्वारा आयोजित परिसंवाद कार्यक्रममा गहन चर्चा र विचार विमर्शद्वारा प्रस्तुत गरिएको कार्यपत्रहरुलाई संकलन गरेर लिखित रुपमा पुस्तक प्रकाशन गरेर आशा मुखिया लामाले सराहनीय कार्य गरेको बताएका छन्‌। उनले यो पुस्तक अध्ययन गर्न लायकको र मनन, चिन्तन गर्न लायकको रहेको बताएका छन्‌। डा अमीर दर्जीले भने, हामीले भाषालाई बचाएर लानुपर्छ, भाषाको नकरात्मक पक्षलाई‌ मात्र होइन तर सकरात्मक पक्षलाई पनि अघि लानुपर्छ। यो प्रकाशित पुस्तक डकुमेन्ट बनेको छ। यसको लागि आशा मुखिया लामा गुरुमाप्रति साधुवाद छ। हामी यो पुस्तक अध्ययन गरौं, यो पुस्तक मनन गरौं।’

डा. लामाले भने, हाम्रो भाषालाई क्लिष्ट नबनाऔं, सबैले बुझ्ने र सरल बनाउनुपर्छ। डा लामाले डीएस दर्नालद्वारा लिखित ‘मेरो जन्म थलो मेरो कर्म थलो’ पुस्तक गहकिलो पुस्तक रहेको बताउँदै डीएस दर्नाल आफै एकजना इतिहास रहेको बताएका छन्।
कार्यक्रमलसई सभाध्यक्ष बिनोद प्रकाश शर्माले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन राख्दै सम्पादक आशा मुखिया लामाले
उक्त दुईवटा पुस्तकहरु लोकार्पण विषयमा बताएका छन्। पत्रकारहरुसित कुराकानी गर्दै साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामाले भनिन् – यो पुस्तक साहित्य अकादमी नयाँ दिल्ली र गोर्खा जनपुस्तकालय खरसाङ, गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त तत्वावधानमा गोर्खा सार्वजनिक भवन पार्क लोकेशन खरसाङमा ७ अक्टोबर २०२३ मा आयोजित कार्यक्रम परिसंवाद अनि लेखकसँगको भेटघाट कार्यक्रम साथै साहित्य अकादमी नयाँ दिल्ली र साहित्य सुनौं परिवार मिरिकको आयोजनामा मिरिकमा २३ अगस्त २०२४ मा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको कार्य पत्रहरु र रचनाहरुलाई संकलन गरेर पुस्तकको रुपमा प्रकाशित गरिएको बताएकी छन्।‌ उनले यो पुस्तक गत महिना दार्जिलिङमा‌ सम्पन्न जिल्ला स्तरीय पुस्तक मेलामा लोकार्पण गरिएको भए पनि आज खरसाङ क्षेत्रको स्रष्टाहरुलाई लिएर खरसाङमा‌ लोकार्पण गरिएको जानकारी गराएका छन्। कार्यक्रममा खरसाङ क्षेत्रका स्रष्टाहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement