कोलकातामा चलिरहेको छैंटौं हिमालयन सुन्तला उत्सवमा खरसाङको‌ सहभागिता

IMG-20241207-WA0223

खरसाङ: कोलकाताको सल्ट लेकमा चलिरहेको छैंटौं हिमालयन सुन्तला उत्सवमा खरसाङ एसोसिएसन फर् टुरिज्म एण्ड कन्जरभेशनले सहभागिता जनाएका छन्। कोलकातामा उक्त छैंटौं हिमालयन सुन्तला उत्सव हिजो ६ दिसम्बरदेखि शुरु भएर भोलि ८ दिसम्बरसम्म चल्ने भएको छ। उक्त सुन्तला उत्सवमा दार्जिलिङ पहाड, डुवर्स, सिक्किम लगायत उत्तर पूर्वी राज्यहरु साथै नेपाल र भूटानबाट सुन्तला प्रदर्शन साथै बिक्रीमा राखिएको छ। उक्त उत्सवमा दार्जिलिङ पहाडबाट दुईवटा स्टल राखिएको जानकारी प्राप्त भएको छ। यसमा खरसाङ एसोसिएसन फर् टुरिज्म एण्ड कन्जरभेशनले पनि एउटा स्टल राखेको जानकारी प्राप्त भएको छ। उक्त छैंटौं हिमालयन सुन्तला उत्सवको‌ उदघाटन हिजो राज्यको अग्निशमन अनि आपतकालीन सेवा विभागको मन्त्री सुजित बोसले गरेका थिए।

उक्त सुन्तला उत्सवमा भाग लिएका‌ खरसाङ एसोसिएसन फर् टुरिज्म एण्ड कन्जरभेशनको सह कोषाध्यक्ष किरण मुखियाले हाम्रो उद्देश्य भनेको खरसाङ क्षेत्रलाई पर्यटनको मानचित्रमा समावेश गर्नु रहेको बताउँदै खरसाङ अहिले पर्यटकीय मानचित्रमा विकसित हुँदै गईरहेको बताएका छन्। उनले पर्यटकहरुलाई २-३ दिन खरसाङमा बस्ने अनुरोध गर्दै खरसाङमा रहेको १२-१३ वटा पर्यटकीय स्थलहरु घुमाई दिने बताएका छन्। उनले कोकोतामा चलिरहेको छैंटौं हिमालयन सुन्तला उत्सवमा दार्जिलिङ पहाडबाट खरसाङले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement