दोस्रो टेस्ट म्याचमा भारतको स्थिति खराब

IMG-20241207-WA0202

एडिलेड: बोर्डर गावस्कर ट्रफी (बीजीटी) टेस्ट सीरीजको दोस्रो म्याचमा भारतलाई दोस्रो दिन नै अष्ट्रेलियाले दबाउमा पाऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले १८० रन बनाएको थियो। त्यसपछि अष्ट्रेलियाले ३३७ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १५७ रनको बढ़त हासिल गरेको थियो। भारतले शनिवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ५ विकेट गुमाएर १२८ रन बनायो। यसरी अष्ट्रेलियासँग अहिले पनि समग्रमा २९ रनको बढ़त रहेको छ जबकि भारतसँग संघर्ष गर्न केवल ५ विकेट अनि जम्मा ३ दिनको खेल बाँचेको छ। आजको खेल समाप्त हुँदासम्म रिषभ पन्त २८ रन अनि नितिश कुमार रेड्डी १५ रनमा अविजित थिए। भारत फेरि एकपल्ट आफ्ना शीर्ष ब्याटरहरूका निराशाजनक प्रदर्शनले गर्दा समस्यामा पऱ्यो। अष्ट्रेलियाई पेस बलरहरूले नियमित अन्तरालमा विकेट हासिल गरी भारतीय ब्याटरहरूलाई फर्म हासिल गर्ने मौका दिएनन्। ओपनर केएल राहुल केवल ७ रन बनाएर आउट हुँदा स्कोर केवल १२ रन रहेको थियो। त्यहाँदेखि यशस्वी जयसवाल र शुभमन गिलले मिलेर स्कोर ४२ रनसम्म पुऱ्याए। यशस्वीले २४ र गिलले २८ रन बनाए। विराट कोहली केवल ११ रन बनाएर स्कट बोलाण्डको शिकार बने। यसरी कप्तान रोहित शर्मा पनि केवल २ रन बनाएर आउट भए। यसरी केवल १०५ रनमा ५ विकेटको पतनपछि पन्त र रेड्डीले मिलेर स्कोर १२८-सम्म पुऱ्याए। अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्स र बोलाण्डले २-२ विकेट लिए। यसअघि शनिवार बिहान पहिलो दिनको स्कोर १ विकेटमा ८६ रनदेखि अघि खेल्दै अष्ट्रेलियाले ३३७ रन बनायो। अष्ट्रेलियाको पहिलो ईनिंग्समा ट्रेविस हेडले विध्वंशी शतक बनाए। उनले १४१ बल खेलेर १७ वटा चौका र ४ वटा छक्काको साथ १४० रन बनाए। यसबाहेक मार्नस लाबुशेनले ६४ रनको योगदान दिए। एलेक्स केरीले १५ र मिचेल स्टार्कले १८ रनको योगदान दिए। भारतीय बलरहरूमा जसप्रीत बुमराह र मोहम्मद सिराजले ४-४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement