असम पुलिसका प्रमुखहरूको पुनर्मिलन समारोह हुँदै

20241207_191112

गुवाहाटी(असम): असम पुलिसले पहिलो पटक ७ र ८ दिसम्बरमा असम पुलिस प्रमुखहरूको पुनर्मिलन समारोह आयोजना गरिरहेको छ। समारोहमा असम र मेघालयका सेवानिवृत्त डीजीपी र एएम क्याडरका ती अधिकारीहरूले पनि भाग लिरहेका छन् जो केन्द्र सरकारका संगठनहरूमा डीजी भएका छन्।
असम पुलिस महानिदेशक कार्यालयद्वारा प्राप्त जानकारी अनुसार धरोहरलाई सम्मान र भविष्यको लागि मार्गचित्र तयार गर्ने यस समारोहको उद्घाटन सत्रमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मुख्य अतिथिका रूपमा भाग लिने कार्यक्रम रहेको छ। कार्यक्रमको आयोजन उलुबारीस्थित असम पुलिस मुख्यालयको एपीएचक्यू कन्फ्रेन्स हलमा हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement