इटहरी: सुनसरीको देवानगञ्ज–हरिनगर सडक खण्डमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
आज देवानगञ्ज-हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो ।ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो।
उराँवलाई हरिनगर गाउँपालिका-४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ। घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ।
भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयास समेत गरेका छन्। घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।