उत्तर बंगाल चिसो बढेसँगै कुहिरोको प्रकोप बढ्यो

IMG-20241207-WA0137-1

जलपाईगढी: उत्तर बंगालमा जाडो बढ्दै जाँदा कुहिरोको प्रकोप पनि बढ्दै गएको छ। शनिबार बिहान पूरै जलपाईगढी कुहिरोले ढाकेको देखियो। जिल्लाभर जाडोको तीव्रता बढ्दै गएको छ। शुक्रबार रातिदेखि नै चिसो बढेको छ। जलपाईगढी जिल्लामा चिसोको तीव्रता बढ्न थालेको छ। हिजो साँझदेखि पूरा जलपाईगढी कुहिरोले ढाकेको देखियो। साँझपख मानिसहरु आगो तापेर चिसोबाट छुटकारा पाउने प्रयासमा देखिएका छन्। दिउँसो पनि कुहिरो देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement